वर्तमान सरकार पुरानो सरकारको निरन्तरता होइन : मुख्य मन्त्री पोख्रेल - surendra Rayamajhi.com.np

Video of the day

ads
Responsive Ads Here

Post Top Ad

Your Ad Spot

Tuesday, September 17, 2019

वर्तमान सरकार पुरानो सरकारको निरन्तरता होइन : मुख्य मन्त्री पोख्रेल



world news
शोभाखर पन्थी 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) - अर्घाखाँची भदौ/ ३१ । मुख्य मन्त्री शंकर पोख्रेलले वर्तमान सरकार पुरानो सरकारको निरन्तरता नभएको बताउनु भएको छ । प्रेस संगठन अर्घाखाँची द्वारा  सन्धिखर्कमा आयोजित  पत्रकार सम्मेलनमा मन्तव्य राख्दै  उहाँले व्यवस्था परिवर्तन पछि बनेको नेकपा नेतृत्वको सरकारले विभिन्न चुनौतीका बीच देश र जनताको पक्षमा दृढता पुर्बक काम गरेको बताउनुभयो ।

 सामन्ती राजसंस्थाको अन्त्य  गरि जनताको सरकार निर्माण बाट यथास्थितिवादी हरु अत्तालिएको बताउँदै मुख्यमन्त्री  पोख्रेलले संविधानको कार्यान्वयन , नयाँ कानुन को निर्माणका साथ सरकारले बिकास र समृद्धिको यात्रालाई अघि बढाएको बताउनु भयो । उहाँले छिट्टै नै राजधानी र प्रदेश नामाकरणको टुङ्गो लगाउने बताउँदै ,सुझाव संकलन समितिक‍ो सिफारिस र बिज्ञहरुको सुझावको आधारमा सहमतिमा राजधानी र नामाकरण टुंगो लगाउने बताउनु भयो ।
 
संघियता मुलुकक‍ो बिकास ,समृद्धि र सामाजिक न्यायको हिसाबले निक्कै महत्वपुर्ण भएको भन्दै उहाँले नेपालको संविधान लागु भएपछि संघियतामा थप भएको प्रदेश सरकार हो,स्थानिय र केन्द्रिय सरकार भन्दा प्रदेश सरकारको प्रगति बढि छ । आफ्नो  प्रदेशमा पतिपक्ष दलसँग पनि सहकार्यमा छौ भन्दै उहाँले कुनै विवाद नरहेको र  सरकारको भावना अनुसार अँगाडी बढेकोमा प्रतिपक्षलाई धन्यवाद दिदैँ प्रदेश ५ को गतिविधीलाई निहाल्दै केन्दमा समेत सहकार्य गरेर अघिबढ्न प्रतिपक्ष लाई आग्रह गर्नुभयो । 

५ वर्षसम्म नेपाली जनताले नेकपालाई बहुमत सहित सरकार चलाउन दिए, ५ वर्षसम्म ढुक्क सरकार चलाउँछौँ, प्रतिपक्षी लाई नआत्तिकन बस्न आग्रह गर्दै सहकार्य गरेर अगाडी बढ्नुपर्छ, नेकपा लोकतान्त्रिक प्रक्रियामा सधै अगाडी बढ्छ, सरकारको समयअवधि सकिएपछि पुनः निर्वाचन गछौँ, जसको बहुमत आउँछ, उसैले सरकार चलाउँनुपर्छ, अहिल्यै अत्तालिनुपदैँन् उहाँको भनाई थियो ।

संघीयताको कारण देश नै असफल हुन थाल्यो भनेर प्रचार गर्नेलाई उत्तर दिने वर्षको रुपमा पाँच नम्बर प्रदेश सरकारले काम गरिरहेको बताउँदै उहाँले संघीयताले प्रशासनिक खर्च बढाए पनि समग्र जनताको खर्चमा कमी आएको  भन्दै अगाडि भन्नुभयो  �संघीयता जनताको लागि ल्याएको हो । विकासका काममा जनताको खर्च घटेको छ। त्यही नै संघीयताको मुल मर्म हो।

प्रदेश पाँच सरकार कानुन निर्माणमा सबै प्रदेशभन्दा अगाडी रहने गरी आफूहरुले कानुन निर्माण गरेको बताउनु भयो । प्रदेश नम्बर ५ सरकार गतवर्ष कानुन निमार्णमै ध्यान दिएकाले करिब ५० वटा कानुन बनिसकेको बताउनु भयो । दुई तिहाइको नेकपाको सरकार अधिनायकवाद छ भन्नेहरु पनि धेरै रहेको बताउँदै मुख्य मन्त्री पोख्रेलले नेकपा संविधानलाई मान्ने लोकतान्त्रिक जनआन्दोलनबाट अगाडी बढेको पार्टी भएकाले पाँच वर्षमा निर्वाचन गराएरै छाड्ने प्रतिबद्धता जाहेर गर्नु भयो  । राजनीति जेजस्तो भएपनि विकास र समृद्धिमा सहकार्य सबै दलहरु बीच हुनुपर्ने उहाँको भनाइ छ ।

अर्घाखाँची सँगसँगै प्रदेश पाँच सरकारकै गौरवको आयोजना हुनेगरी नौ मुरे जल विद्युत आयोजनाको काम अगाडी बढाउन आफूहरुले पहल थालेको बताउनु भयो । केन्द्र सरकारसँग सहयोग मागेर प्रदेश सरकारले काम गर्न चाहेको बताउँदै काम गर्न केही समय लाग्ने उहाँको भनाइ थियो ।

क्याम्पसको जिम्मेवारी पनि प्रदेश सरकारसँग आउँदै छ, प्रदेशस्तरिय विश्वविद्यालय अन्र्तगत सबै क्याम्पसहरुलाई व्यवस्थित रुपले सञ्चालन गछौँ, पोख्रेलले भन्नुभयो । मुख्यमन्त्री भएपछि अर्घाखाँचीको सदरमुकाममा पहिलोपटक आएका पोख्रेलले समृद्ध प्रदेश बनाउँनका लागी सबै एकजुट हुनुपर्ने बताए ।  प्रेस संगठनका नेता हिम बहादुर जि.सी. लेकालीको अध्यक्षता गणेश खनालक‍ो संचालनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका प्रदेश सदस्य शोभाखर पन्थी लगायतले मन्तव्य राख्नु भएको थियो ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता र सचिव ठाकुर कुमार बि.क.को संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश ईन्चार्ज संकर पोख्रेल ,अध्यक्ष ओनसरी घर्ती ,सचिव जग प्रसाद शर्मा अपार, केन्द्रीय सदस्य नजिर मियाँ ,बोम बहादुर बि.क.,शुशीला श्रीपाली लगायतले प्रशिक्षण दिनुभएको थियो ।

Post Top Ad

Your Ad Spot